पहिचान पक्षधरमाथि प्रशासनले बल प्रयोग गर्नु गलत : पूर्वमुख्यमन्त्री राई

हिमाल प्रेस १४ जेठ २०८० १३:१६
4
SHARES
पहिचान पक्षधरमाथि प्रशासनले बल प्रयोग गर्नु गलत : पूर्वमुख्यमन्त्री राई फाइल तस्बिर।

विराटनगर– कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले पहिचान पक्षधरहरूमाथि प्रहरी प्रशासनले बल प्रयोग गर्नु गलत भएको बताएका छन्। प्रदेशसभाको बैठक बस्नुअघि विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वमुख्यमन्त्रीसमेत रहेका रार्इले यस्तो बताएका हुन्।

कोशी प्रदेशको नाम पुन: नामकरणको माग राख्दै सरकारको विरोधमा उत्रिएका पहिचान पक्षधरहरूलाई सरकारले आज दमन गरे पनि जहिल्यै दमन गर्न नसक्ने उनको भनाइ छ। प्रदेश सरकार र प्रहरी प्रशासनले पहिचानवादी आन्दोलनकारीलाई दमन गरेको बताउँदै उनले उनीहरूमाथि प्रहरीले बल प्रयोग गर्नु गलत रहेको जनाए।

‘राणकालमा पनि यस्तो हुँदैन थियो, मुख्यमन्त्री आफैं आन्दोलनरत पक्षलाई चिड्याउन भाषण गरिरहनुभएको छ। यसबाट सरकारले दमन गरेको नै पुष्टि हुन्छ,’ उनले भने। प्रदर्शनकारीहरूको माग सम्बोधन गर्न सरकारले सोच्नु पर्ने उनले उल्लेख गरे।

‘माओवादी र कांग्रेसले यस विषयमा सोच्छन् होला,’ नेकपा एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका राईले भने।

प्रकाशित: १४ जेठ २०८० १३:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + ten =