कञ्‍चनपुरमा विद्युत सर्ट भई घरमा आगलागी

हिमाल प्रेस २१ मंसिर २०७९ १९:१३
14
SHARES
कञ्‍चनपुरमा विद्युत सर्ट भई घरमा आगलागी सांकेतिक तस्बिर।

कञ्‍चनपुर– शुक्लाफाँटा नगरपालिका १ गणेशपुरका तारासिंह महराको घरमा विद्युत् सर्ट भई आगलागी भएको छ।

बुधबार भएको उक्त आगलागीबाट १८ लाख रुपैयाँ बढीको क्षति भएको बताइएको छ।

‘आगलागीमा परेर ४ लाख ५० हजार रुपैयाँ र महत्त्वपूर्ण कागजातहरू जल्यो,’ पीडित धनसिंह महराले भने, ‘लगाउने, बिछ्याउने सबै कपडाहरू जलेर नोक्सानी भएको छ।’

घरमा आगलागी भएको खबर पाएपछि स्थानीयवासीले नजिकैको खानेपानीको पाइपबाट पानी ल्याई आगो निभाएका छन्। महरा परिवारको घरमा आगलागी हुँदा निकै ठूलो क्षति भएको वडाध्यक्ष उत्तरदेव भट्टले बताए।

आगलागीबाट भएको यकिन क्षति आइनसकेको उनले जानकारी दिए। आगलागी समयमै नियन्त्रण भएकाले पूरै घर जल्नबाट रोकिएको वडाध्यक्ष भट्टको भनाइ छ।

प्रकाशित: २१ मंसिर २०७९ १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =