उत्कृष्ट प्रस्तुति दिएर ‘द भ्वाइस’बाट बाहिरिइन् परिजिता

हिमाल प्रेस २१ मंसिर २०७९ १६:३३
18
SHARES
उत्कृष्ट प्रस्तुति दिएर ‘द भ्वाइस’बाट बाहिरिइन् परिजिता

काठमाडौँ- अमेरिकी सांगीतिक रियालिटी सो ‘द भ्वाइस २०२२’मा सहभागी नेपाली मूलकी परिजिता बास्तोला सोबाट बाहिरिएकी छन्।

‘शीर्ष ८’  सम्म पुग्न सफल १७ वर्षीया उनी ‘टप फाइभ’मा अटाउन सकिनन्।

कम भोटका कारण ‘द भ्वाइस’मा उनको सांगीतिक यात्रा टुंगिएको छ। सेमिफाइनलमा पुग्न उनले ‘अनस्टपबल’ गीत गाएकी थिइन्। तर, त्यहाँसम्मको यात्रा भने तय गर्न सकिनन्।

प्रतियोगितामा कम भोट पाएकाहरूलाई निर्णायकले ‘इस्ट्यान्ट सेभ’को लागि गीत गाउन आग्रह गरेका थिए। त्यसमा परिजिताले ‘टू मेक यू फिल माई लभ’ गीत गाएकी थिइन्।

सोमा ब्लेक सेल्टन, ग्वेन स्टेफनी, क्यामिला काबेलो, जोन लिजेन्ड निर्णायक रहेका छन्। सोमा परिजिता जोन लिजेन्ड समूहमा थिइन्।

परिजिताको प्रस्तुतिलाई उनका कोच जोन लिजेन्डले ‘उत्कृष्ट’ भनेका थिए। अन्य तीन जना निर्णायकले पनि उनको प्रस्तुतिको प्रशंसा गरेका थिए।

प्रकाशित: २१ मंसिर २०७९ १६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + four =