रुसमा इन्धन ट्यांकर विस्फोट हुँदा ३ जनाको मृत्यु

हिमाल प्रेस १९ मंसिर २०७९ २१:१४
6
SHARES
रुसमा इन्धन ट्यांकर विस्फोट हुँदा ३ जनाको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ– पश्चिमी रुसको रियाजान सहरनजिकै एक एयरफिल्डमा सोमबार भएको विस्फोटमा ३ जनाको मृत्यु भएको छ। इन्धन ट्यांकरमा आगलागी हुँदा र एयरफिल्डमा रहेको विमान पार्किङ स्थलमा विस्फोट भएको र विमानमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ।

उक्त दुर्घटनामा ६ जना घाइतेसमेत भएको रुसी समाचार एजेन्सी रिया नोवोस्तीले जनाएको छ। आपतकालीन सेवाका प्रवक्तालाई उद्धृत गर्दै घटनाको अवस्थाबारे अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित: १९ मंसिर २०७९ २१:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =