सुपा देउरालीमा धर्मशाला बनाइँदै

हिमाल प्रेस १८ मंसिर २०७९ १६:४०
8
SHARES
सुपा देउरालीमा धर्मशाला बनाइँदै

अर्घाखाँची– अर्घाखाँचीको सुपा देउराली मन्दिरमा धर्मशाला बनाइने भएको छ। मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, गुल्मी र रुपन्देहीबाट बढी मात्रामा पर्यटक आउने गर्छन्।

भारतका केही ठाउँबाट समेत पर्यटक सुपा देउरालीमा दर्शन गर्न आउने गरेका छन्। शौचालय, बाथरुमसहितको २० कोठे धर्मशाला १ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए।

सुपा देउरालीमा आउने धार्मिक पर्यटकको संख्यामा वृद्धि बर्षेनि हुँदै गएको छ। एक वर्ष पहिलाको तुलनामा हाल आउने दर्शनार्थीको संख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको हो।

विगतका वर्षमा दैनिक २ सयदेखि १ हजार जनाले दर्शन तथा पूजाआजा गर्ने गरेकामा अहिले दैनिक ५ सयदेखि ३ हजार जनासम्मले दर्शन गर्ने गरेका छन्।

सन्धिखर्क गोरुसिंगे सडकखण्डसँगै जोडिएकाले पनि यसको महत्त्व बढ्दो छ। कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ।

कुनै अप्ठ्यारो वा समस्या आएका बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने र सुपा देउराली दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ।

प्रकाशित: १८ मंसिर २०७९ १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =