अर्घाखाँचीमा पत्रकारमाथि हातपात गर्नेलाई कारबाही गर्न महासंघको माग

हिमाल प्रेस १७ जेठ २०८० २०:४२
100
SHARES
अर्घाखाँचीमा पत्रकारमाथि हातपात गर्नेलाई कारबाही गर्न महासंघको माग

काठमाडौँ- अर्घाखाँचीका पत्रकार घनश्याम पौडेल र क्यामरामेन रुकमागत भट्टराईलाई अर्घाखाँचीको धातिवाङ्गत माध्यमिक विद्यालयमा हातपात भएको छ।

विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा भएको फर्जी कामको रिपोटिङ गर्न क्यामरा तथा माईकसहित विद्यालयमा पुगेका पत्रकारद्वय पौडेल र भट्टराईलाई विद्यालयका प्रअ हिमलाल पौडेल, शिक्षक वेदराज पौडेल, अभिभावक शोभाखर पौडेल र रामप्रसाद पौडेलले हातपात गरेका हुन्। क्यामरा फुटाइएको, माईक खोसेर फालेको र आफूहरूमाथि हातपात भएको पत्रकारद्वयले बताएका छन्।

नेपाल पत्रकार महासंघले घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ। शिक्षकजस्तो सम्मानजनक र बौद्धिक क्षेत्रमा कार्यरत व्यक्तिले पत्रकारमाथि गरेको उक्त हर्कत निन्दनीय र प्रेसविरोधी भएको महासंघको भनाइ छ। विज्ञप्तिमा पत्रकार महासंघका महासचिव रोशन पुरीले हस्ताक्षर गरेका छन्।

प्रकाशित: १७ जेठ २०८० २०:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =