अर्घाखाँची आगलागी अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो

हिमाल प्रेस २७ वैशाख २०८० ९:४८
2
SHARE
अर्घाखाँची आगलागी अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- अर्घाखाँचीमा घरमा लागेको आगो निभाउने क्रममा जलेर मृत्यु हुनेको संख्या चार पुगेको छ।
आगलागीमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ।

भूमिकास्थान नगरपालिका–२ का ३६ वर्षीय माधव बेल्वासेको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्सपेक्टर कृष्णप्रसाद घिमिरेले जानकारी दिए।

भूमिकास्थान नगरपालिका २ तिरतिरे जंगलमा मंगलबार लागेको आगो स्थानीय पदम बेल्वासेको दुई तले कच्ची टिनले छाएको घरमा सल्केको थियो ।

घरमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएको पाँच जनामध्ये ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको यसअघि नै मृत्यु भइसकेको थियो ।

पदमलाई थप उपचारको लागि काठमाडौ लैजाने क्रममा नारायणगढमा र पिताम्बरको मिसन अस्पतालबाट काठमाडौं लैजांदै गर्दा पाल्पामै मंगलबार राति मृत्यु भएको हो।

यो पनि

उद्दारमा खटिएका नै आगोलागीमा जले

प्रकाशित: २७ वैशाख २०८० ९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =