हामीलाई जनताले अन्तिम आशा भनेका छन् : सिके राउत

हिमाल प्रेस १७ मंसिर २०७९ १४:२५
18
SHARES
हामीलाई जनताले अन्तिम आशा भनेका छन् : सिके राउत फाइल तस्बिर।

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टीलाई जनताले अन्तिम आशाको रुपमा हेरेको बताएका छन्। काठमाडौँमा आफ्नै पार्टी जनमत पार्टीले गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो पार्टीप्रति जनलहर देखिएको पनि बताए।

‘देशभरि नै नयाँ लहर देखिएको छ। जनताले परिवर्तन खोजेको छ। त्यही क्रममा जनताले ठूलो अभिमत जनमत पार्टीमा पनि देखाएका छन्। त्यस्तो पार्टी बनेको धेरै भएको छैन, साधन स्रोत छैन, संघर्षकै चरणमा रहेको पार्टीलाई जनताले अभिमत दिएका छन्। हामी धन्यवाद दिन चाहन्छौँ,’ उनले भने, ‘हामीसँग जनताले जुन अपेक्षा गरेका छन् त्यो असाध्यै ठूलो छ। कतिले त हामीलाई अन्तिम आशा भनेका छन्। मलाई खतरनाक लाग्छ। हामीले काम गर्न सकेनौँ भने के हुन्छ? अन्तिम आशा तोडियो भने के हुन्छ?’

उनले पार्टीले अहिलेको चुनावमा सफलता हात पारेको पनि बताए। ‘आज हामीले सफलता पाएका छौँ। यो व्यक्तिगत विशेष होइन पार्टी र जनताको सफलता हो,’ उनले थपे, ‘त्यही भएर हामी भावुक छौँ। हामीमाथि सहयोग गर्नेमाथि आभारी छौँ। हामीले जुन सपना देखेका छौँ। देशको समृद्धिको, भाइचाराको यसलाई पुरा गर्न इमान्दार बनेर काम गर्नेछौँ।’

नयाँ राजनीतिक यात्रा सुरु भएको भन्दै आगामी दिनमा पनि जनताको सहयोग चाहिने राउतको भनाइ छ। ‘आगामी दिनमा मलाई यहाँसम्म पुर्‍याइदिनु भयो सक्कियो होइन। यात्रा सुरु भयो। तपाईंहरूको सहयोग झन चाहिन्छ। काम गर्ने बेला आयो। सबै वर्गको सहयोग व्यापक सहयोग हामीलाई आवक्यकता पर्छ’ उनले भने।

 

 

प्रकाशित: १७ मंसिर २०७९ १४:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 5 =