सिके राउतले दिए उपेन्द्र यादवलाई बधाई

हिमाल प्रेस १३ वैशाख २०८० ७:३१
4
SHARES
सिके राउतले दिए उपेन्द्र यादवलाई बधाई

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा-२ वाट विजयी उपेन्द्र यादवलाई बधाई दिएका छन्। गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा–२ वाट विजयी जसपा अध्यक्ष यादवलाई राउतले बधाई दिएका हुन्।

‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई हार्दिक बधाई,’ राउतले सामाजिक सञ्जालबाट बधाई दिँदै भने, ‘जनमत पार्टीलाई मतदान गर्नुहुने र अगाध माया दिनु हुने सम्पूर्णमा कोटिकोटि प्रणाम ।’

बारा-२ मा जसपा नेपाल र जनमत पार्टी मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका थिए। जसपाका यादव २८ हजार ४१५ मतले विजयी भए भने जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतसहित दोस्रो स्थानमा रहन पुगे।

प्रकाशित: १३ वैशाख २०८० ७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − five =