एनसेल प्रकरणमा धेरैको स्वार्थ जोडिएको देखियो : उपेन्द्र यादव

हिमाल प्रेस २२ मंसिर २०८० १७:४६
6
SHARES
एनसेल प्रकरणमा धेरैको स्वार्थ जोडिएको देखियो : उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेलको शेयर खरिदबिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताएका छन्।

शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले विगतमा पनि सरकारले एनसेलले अर्बौँ रुपैयाँ कर मिनाहा गरेको कुरा आए पनि त्यसप्रति कसैको चासो नभएको बताए। उनले यस प्रकरणमा आवश्यक छानबिन हुनुपर्नेमा जोड दिए।

अध्यक्ष यादवले नेपाली सेनालाई सडक निर्माण गर्न, व्यापार गर्न र ठेक्कापट्टालगायतका कामहरु गर्न दिने कि नदिने भन्ने विषय नीतिगत स्पष्टताको आवश्यकता रहेको बताए। उनले सुशासन कमजोर हुँदै गएकोमा चिन्ता प्रकट गरेका छन्।

उनले प्रहरी र कर्मचारी समायोजन नहुँदा प्रदेश सरकारको अवस्था बेहाल भएको पनि बताए।

प्रकाशित: २२ मंसिर २०८० १७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 19 =