बजेट ल्याइएको होइन लुटिएको हो : सिके राउत

हिमाल प्रेस १ असार २०८० १४:५२
16
SHARES
बजेट ल्याइएको होइन लुटिएको हो : सिके राउत फाइल तस्बिर

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष डा. सीके साउतले आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याइएको नभई लुटिएको बताएका छन्।  शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले बजेट बनाएर ल्याइएको नभइ लुटिएको बताएका हुन्।

उनले बैंक लुटे जसरी चार यारहरूले बजेट लुटेको र अध्याँरो कोठामा गएर भागबण्डा गरेको बताए। सरकारले जुट्ने क्रम जारी रहेको उनको भनाइ छ। ‘बजेट ल्याएको हो कि बजेट लुटेको हो भन्नेकुरा स्पष्ट देखिँदैन। यसो हेर्दा बजेट लुटिएको हो जस्तो देखिन्छ। बजेट बनाएको, ल्याएको होइन,’ उनले भने, “बजेटलाई चार यारहरूले लुटेर गएका जस्ता देखिन्छन्। बाटोमा लैजाँदै गर्दा कतै खुद्रा पैसाहरू खस्दै गएको देखिन्छ। चार यारहरू मिलेर अध्याँरोमा गएर बाँडफाँट गरेको जस्तो स्पष्ट रूपमा देखिन्छ। वैशाखमा बारामा मत पेटिका लुटे, जेठमा आएर बजेट लुट्ने काम सरकारले गर्दै आएको छ। लुट्ने प्रवृत्ति क्रमिक रूपमा जारी नै छ।’

अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनै पनि सुझावहरू कार्यान्वयन नहुने गरेको पनि बताए। उनले एक महिना बहस हुँदा पनि बजेटमा कमा र फुलस्टप समेत परिवर्तन नहुने गरेको भन्दै यसो हुनु संसद् र सांसदहरूको निरीहता भएको बताए।

प्रकाशित: १ असार २०८० १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =