उपनिर्वाचनको तयारीमा जनमत पार्टी : सीके राउतले सुरु गरे ‘मिसन बारा-२’

हिमाल प्रेस ९ चैत २०७९ १३:०५
52
SHARES
उपनिर्वाचनको तयारीमा जनमत पार्टी : सीके राउतले सुरु गरे ‘मिसन बारा-२’

काठमाडौँ– जनमत पार्टीले बारा-२ मा वैशाख १० गते हुने उपनिर्वाचनको तयारी सुरु गरेको छ। उक्त पार्टीका अध्यक्ष डा. सीके राउतले ‘मिसन बारा-२’सुरु गर्दै उपनिर्वाचनको तयारी थालेका हुन्।

गत आइतबारदेखि नै जनमत पार्टीले उपनिर्वाचनको तयारी थालेको हो। पुजापाठ गरेर राउतले मिसन बारा-२ सुरु गरे।

राउतले आफ्नो फेसबुकमार्फत पनि उपनिर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार निर्वाचित हुने दाबी गरेका छन्। ‘स्वाभिमानी वीर योद्धाहरूको यो भूमिमा कुनै बाहिरी फिरंगी उम्मेदवार चण्डमुण्डको कुनै गुञ्जायस छैन। यहाँ हरेक हालतमा जनमत पार्टीको हर्न छाप नै विजयी हुनेछ’ राउतले फेसबुकमा लेखेका छन्।

बारा-२ बाट निर्वाचित जसपाका रामसहायक प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै त्यसक्षेत्रमा उपनिर्वाचन हुँदैछ। जसपाले यसअघि पनि आफ्नै उम्मेदवार निर्वाचित भएको बताउँदै सत्ता गठबन्धनले आफ्नो पार्टीको उम्मेदवारलाई उपनिर्वाचनमा साझा उम्मेदवार बनाउनुपर्ने बताएको छ।

यता सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले भने जसपालाई छोड्न नसक्ने भन्दै निर्वाचनको तयारी सुरु गरेको छ।

प्रकाशित: ९ चैत २०७९ १३:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eight =