उपेन्द्र यादवलाई यति छिट्टै संसद्‌मा जान दिनु हुँदैन : सिके राउत

हिमाल प्रेस १९ चैत २०७९ १६:२१
36
SHARES
उपेन्द्र यादवलाई यति छिट्टै संसद्‌मा जान दिनु हुँदैन : सिके राउत फाइल तस्बिर

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सिके राउतले जसपाका अध्यक्षसमेत रहेका बारा-२ का उम्मेदवार उपेन्द्र यादवलाई अहिलेकै अवस्थामा संसद्‌ प्रवेश गर्न दिन नहुने बताएका छन्।
आज आइतबार बारा-२ मा मतदाताहरूसँग कुरा गर्नेक्रममा उनले यस्तो बताएका हुन्।

मंसिर ४ को निर्वाचनमा सप्तरी-२ मा यीनै राउतबाट पराजित यादव यसपटक बाराबाट वैशाख १० मा हुने उपनिर्वाचनमा उम्मेदवार बनेका छन्। यादवलाई कांग्रेस, माओवादीसहितका सत्तागठबन्धन दलले समर्थन गर्ने बताएका छन्। यता गठबन्धनमै रहेको जनमतले भने यादवलाई समर्थन गर्न नसकिने भन्दै आफ्नै उम्मेदवार खडा गरेको छ।

‘उपेन्द्र यादव भर्खर पराजित भएर आएको हुनाले यति चाँडो संसद्‌मा जानु हुँदैन। त्यो गर्नुभयो भने जनमत र जनताले दिएको मतको अपमान हो भन्ने जनताले पनि बुझेका छन्। त्यही भएर षड्यन्त्र गरेर उहाँ आउँदै हुनुहुन्छ, तर, यहाँका जनताले सफल हुन दिँदैनन्’उनले भने।

बारा-२ बाट निर्वाचित राम सहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै यसक्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। उपेन्द्र यादव यही मौकाको फाइदा उठाएर संसद्‌‌ प्रवेशको तयारीमा छन्।

जनमतका अध्यक्ष राउतले यादवलाई निर्वाचन क्षेत्र फेर्ने ‘टुरिस्ट’ उम्मेदवार भएको आरोप पनि लगाए।

प्रकाशित: १९ चैत २०७९ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =