एकल पुरुषलाई भत्ता

हिमाल प्रेस १७ मंसिर २०७९ ८:४०
4
SHARES
एकल पुरुषलाई भत्ता

काठमाडौँ- सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिन थालेको छ। इन्द्रावती गाउँपालिकाले ६५ वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ। गाउँपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रम समावेश गरी एकल पुरुषलाई भत्ता दिन सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए।

शर्माका अनुसार एकल पुरुष दर्ताका लागि सूचना जारी गरिसकिएको छ। हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले एकल महिलासँगै पुरुषको अवस्था दुःख लाग्दो देखिएपछि पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको बताए।

हेलम्बु गाउँपालिकाले एकजनालाई पाँच सय रुपैयाँ दिने व्यवस्था गरेको छ।

प्रकाशित: १७ मंसिर २०७९ ८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fifteen =