कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्छ : मन्त्री कार्की

हिमाल प्रेस १६ मंसिर २०७९ १९:३३
8
SHARES
कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्छ : मन्त्री कार्की

इनरुवा– सुनसरी ४ बाट नवनिर्वाचित सांसद ज्ञानेन्द्र कार्कीले अब बन्ने सरकार जनताको गरिबी निवारणमा केन्द्रित हुने बताएका छन्।

शुक्रबार सुनसरीको बराहक्षेत्र नगरपालिका ७स्थित सप्तकोशी बहुमुखी क्याम्पसको १२औँ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

जनताको गरिकी र बेरोजगारी समस्या न्यूनीकरण गर्ने अभियानमा अबको सरकार केन्द्रित हुने उनको भनाइ छ।

अब कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्ने पनि उनले उल्लेख गरेका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कार्कीले देश विकासका लागि पर्यटन, ऊर्जा, उद्योग, कृषिसहित सूचना प्रविधिसमेतको महत्त्वपूर्ण भूमिका हुने पनि बताए।

सप्तकोसी बहुमुखी क्याम्पमा अध्ययनरत गरिब तथा जेहेन्दारमध्ये दुईजना विद्यार्थीलाई वार्षिक छात्रवृत्तिसमेत उपलब्ध गराइने मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: १६ मंसिर २०७९ १९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =