मपविको १ अर्ब ६ करोड बजेट सर्वसम्मतिले पारित

हिमाल प्रेस १६ मंसिर २०७९ १७:१४
4
SHARES
मपविको १ अर्ब ६ करोड बजेट सर्वसम्मतिले पारित

काठमाडौँ– मध्यपश्चिम विश्वविद्यालयको नीति तथा कार्यक्रम तथा प्रस्तावहरू सर्वसम्मतिले पारित भएको छ।

शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको विश्वविद्यालयको तेह्रौं सभाको बैठकले विश्वविद्यालयले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पास गरेको हो।

विश्वविद्यालयको तेह्रौं सभामा विश्वविद्यालयको नीति तथा कार्यक्रम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले प्रस्तुत गरेका थिए।

उपकुलपति सिंहले गत आव ०७८/७९ को आम्दानी खर्च अनुमोदन प्रस्ताव, आव ०७९/८० को प्रस्तावित बजेट १ अर्व ६ करोड ५७ लाख ८४ हजारसहितको कार्यक्रमसम्बन्धी प्रस्ताव तथा मपवि आर्थिक प्रशासनिक नियमावली संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठकमा प्रधानमन्त्री एवम् मध्यपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाही, राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य, त्रिभुवन विश्वविद्यालय र पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलगायत उपस्थित थिए।

प्रकाशित: १६ मंसिर २०७९ १७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =