धनगढी प्रर्दशनमा उत्रिएका विद्यार्थीसहित ३७ जना नियन्त्रणमा

हिमाल प्रेस १६ मंसिर २०७९ १६:०९
14
SHARES
धनगढी प्रर्दशनमा उत्रिएका विद्यार्थीसहित ३७ जना नियन्त्रणमा बिहीबार विद्यार्थीको मृत्यु भएपछि आक्रोशित विद्यार्थी र स्थानीयबासीले प्रहरीतर्फ प्रहार गरेको सिसाको बोत्तल। तस्बिर- पदमराज भट्ट/हिमाल प्रेस

धनगढी– धनगढीमा प्रर्दशनमा उत्रिएका २१ विद्यार्थीसहित ३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै प्रर्दशनमा उत्रिएका उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए।

जोशीकाअनुसार २१ जना विद्यार्थी र १६ जना स्थानीयलाई नियन्त्रणमा लिइएको हो।

बिहीबार (हिजो) कालिका कन्सट्रक्सनको ग्रेडरले किचेर पञ्चोदय माध्यमिक विद्यालयमा ८ कक्षामा अध्ययनरत १५ वर्षीया चेतना साउदको मृत्यु भएपछि बिहीबारदेखि धनगढी अशान्त छ।

स्थानीय प्रशासनले बिहीबार साँझदेखि घटना भएको पीपल चौतारा सडकखण्ड आसपास निषेधाज्ञा लागु गरे पनि त्यसको उल्लंघन गर्दै शुक्रबार बिहानैदेखि प्रर्दशन भइरहेको छ।

प्रहरीले स्थिती नियन्त्रणमा लिन ३७ सेल अश्रुग्यास प्रहार गरेको छ।

प्रकाशित: १६ मंसिर २०७९ १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + ten =