राप्रपा सरकारमा सहभागी हुने, मन्त्री पठाउने विषयमा छलफल गर्न बैठक बस्दै

हिमाल प्रेस १४ पुष २०७९ ७:०७
10
SHARES
राप्रपा सरकारमा सहभागी हुने, मन्त्री पठाउने विषयमा छलफल गर्न बैठक बस्दै

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जाने भएको छ।

हिजो बसको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारमा जाने निर्णय भएको हो। बैठकमा वहुसंख्यक नेताले सरकारमा जानुपर्ने माग गरेका थिए।

क-कसलाई मन्त्री बनाउने बारे छलफल गर्न अहिले राप्रपाको बैठक बस्दैछ। पार्टीमा उपप्रधानमन्त्री मागेर राजेन्द्र लिङदेन नै सरकारमा जानुपर्ने बैठकमा कुरा उठेको थियो।

‘सरकारमा क-कसलाई पठाउने विषयमा छलफल गर्न अहिले हाम्रो बैठक छ,’ सांसद ध्रुवबहादुर प्रधानले बताए।

यही पुस १० गते नयाँ सरकार गठनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको गठबन्धनलाई समर्थन गरे पनि राप्रपाले सरकारमा सहभागी नहुने जनाएको थियो। पार्टीका तर्फबाट प्रतिनिधिसभामा १४ सदस्य छन्।

प्रकाशित: १४ पुष २०७९ ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 1 =