पशुपक्षी पाल्ने किसानले निर्ब्याजी ऋण पाउने

हिमाल प्रेस १३ पुष २०७९ ९:४७
2
SHARE
पशुपक्षी पाल्ने किसानले निर्ब्याजी ऋण पाउने

नुवाकोट- पुशपक्षीपालनको विकास, विस्तार र व्यवसायीकरणका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोटले किसानलाई निर्ब्याजी ऋण दिने भएको छ।

यसअघि लगानी र उत्पादनमा आधारित अनुदान दिँदै आएको केन्द्रले यस वर्षदेखि उक्त अनुदान कटौती गर्दै पाँच वर्षसम्ममा फिर्ता गर्ने शर्तमा निब्र्याजी ऋण उपलब्ध गराउन लागेको कार्यालय प्रमुख भरत पाण्डेले जानकारी दिए।

उनका अनुसार पशुपक्षीपालन गर्ने किसानको व्यावसायिक योजनाका आधारमा कुल लगानीको २० प्रतिशतसम्म वा बढीमा १० लाख रुपैयाँ उपलब्ध गराउने गरेर ‘बीउ पूँजी परिचालन कोष’ सञ्चालनमा ल्याइएको छ। उक्त कोषमार्फत किसानले पेस गरेको व्यावसायिक योजनाका आधारमा तीन किस्तामा निर्ब्याजी रकम प्राप्त गर्न सक्नेछन्।

‘किसानले अनुदान लिन पशुपक्षीपालनको दर्ता गरिएको तथा सञ्चालनमा रहेको फार्मले सुरुवातमा १० प्रतिशत, काम सुरु तथा विस्तारपछि ४० प्रतिशत र सम्पन्नपछि अन्तिम तथा तेस्रो किस्तावापत ५० प्रतिशत रकम पाउनेछन्’, पाण्डेले भने, ‘किस्ता प्राप्त गरेपछि किसानले हरेक वर्ष २० प्रतिशतका दरले पाँच वर्षमा उक्त निर्ब्याजी रकम फिर्ता गरिसक्नुपर्नेछ।’

नुवाकोटका किसानलाई निर्ब्याजी रकम उपलब्ध गराउन ‘बीउ पूँजी परिचालन कोष’मा अहिले एक करोड ५० लाख रुपैयाँ रहेको छ। अपुग रकम बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उपलब्ध गराउने छ।

मन्त्रालयले प्रदेशभित्रका १३ जिल्लाका पशुपक्षीपालक, कृषि फार्म सञ्चालन गर्ने तथा गरिरहेका किसानलाई उपलब्ध गराउन चालु आर्थिक वर्षमा ५५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रकाशित: १३ पुष २०७९ ९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 10 =