काकीको हत्या आरोपमा २० वर्षीय युवक पक्राउ

हिमाल प्रेस १२ पुष २०७९ २१:२१
20
SHARES
काकीको हत्या आरोपमा २० वर्षीय युवक पक्राउ हत्या आरोपी दिलीप

जनकपुरधाम- आफ्नै काकीको हत्या गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्लाको विदेह नगरपालिका-७ का श्रीराम साहकी ३० वर्षीया श्रीमती कवितादेवी साहको हत्या गरेको आरोपमा २० वर्षीय दिलिप साहलाई प्रहरीले पक्राउ गरेको हो।

आइतबार साँझ उनको करेन्ट लागेर मृत्यु भएको भनिएको थियो। उनको १४ महिनाका छोरा कार्तिक कुमार‍ घाइते छन्। उनी उपचाररत छन्। मृतकका श्रीमान श्रीरामले सुरुमा करेन्ट लागेर कविताको मृत्यु भएको भने पनि प्रहरीले घटना शंकास्पद देखेपछि प्रारम्भिक अनुसन्धानको क्रममा हत्या भएको बताएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको अनुसन्धान टोलीले मृतक कविताको अनुहारमा गम्भीर चोट लागेको, रगत लतपत्तिएको र अर्धनग्न अवस्थामा शव फेला पारेको थियो। पक्राउ परेका दिलिपको हातको बुढी औंला तथा घाँटीको भागमा स-साना चिथोरिएको जस्तो दाग देखिएको छ।

दिलिपको शरीर खान तलासी गर्दा अन्डर वेयरभित्र कविताले प्रयोग गर्ने मोबाइल फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए। साहले घटनाको समयमा लगाएको कपडाहरू पनि रगत लागेको अवस्थामा फेला परेको छ। पक्राउ परेका साहलाई जिल्ला अदालत धनुषाबाट कर्तव्य ज्यान मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ पुष २०७९ २१:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + four =