जनकपुरबाट विद्यार्थी लिएर इलाम पुगेको बस दुर्घटना, ३७ जना घाइते

हिमाल प्रेस ३ मंसिर २०८० १९:२७
12
SHARES
जनकपुरबाट विद्यार्थी लिएर इलाम पुगेको बस दुर्घटना, ३७ जना घाइते

काठमाडौँ– जनकपुरबाट इलाम शैक्षिक भ्रमणका लागि गएको बस दुर्घटनामा परेको छ। इलामको कन्याम पुगेर फर्किँदै गर्दा रोङ गाउँपालिका-३ स्थित मेची राजमार्गबाट झापातर्फ जाँदै गर्दा बस सडकबाट ३०० मिटर तल खसेको हो।

ना ६ ख ८४२४ नम्बरको उक्त बस दुर्घटना हुँदा बसमा सवार ३७ जना घाइते भएका हुन्। घाइते मध्ये ३६ जनाको उद्धार भइसकेको र एक जा रुखमा अड्किएकोले उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश जवेगुले जानकारी दिए। बस साँझ ५ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइतेमध्ये अधिकाशंको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रकाशित: ३ मंसिर २०८० १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =