राप्रपा नेपालका अध्यक्ष थापा टेनिसको सेमिफाइनलमा

हिमाल प्रेस १२ पुष २०७९ १७:४१
86
SHARES
राप्रपा नेपालका अध्यक्ष थापा टेनिसको सेमिफाइनलमा

काठमाडौँ-  राप्रपा नेपालका अध्यक्ष कमल थापाको जोडी माछापुच्छ्रे बैंक टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। पोखरामा जारी १९औँ ‘माछापुच्छ्रे बैंक टेनिस प्रतियोगिता’को ५५ वर्ष समूहको डबल्समा थापा र झ्याम्पा धोण्डुपको जोडी सेमिफाइनलमा प्रवेश गरेको हो।

उक्त जोडीले उत्तम लामा र राजु श्रेष्ठको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरेको थियो। कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनामा प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा जारी छ। प्रतियोगिता १५ गतेसम्म चल्नेछ।

प्रकाशित: १२ पुष २०७९ १७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 12 =