जनताको अभिमत बिना गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता लादियो : कमल थापा

हिमाल प्रेस ७ फागुन २०८० १३:४२
24
SHARES
जनताको अभिमत बिना गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता लादियो : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले कसैलाई निषेध गरेर स्थायी शान्ति र स्थायित्व हुन नसक्ने बताएका छन्।

उनले राज्यशक्तिको दुरुपयोग गरेर केही समय राजनैतिक निषेध गरे पनि सधै निषेधित र समाप्त नहुने बताएका छन्।

आज पार्टीले काठमाडौँमा आयोजित ‘त्रिभुवन जयन्ती ,प्रजातन्त्र दिवस तथा पार्टीको वार्षिकोत्सव’को अबसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रूपान्तरण भएको समेत टिप्पणी गरे।

देशमा वामपन्थी विचारको वर्चस्व र हाबी भएको भन्दै विश्वभर असफल भएको व्यवस्था नेपालमा लाद्न खोजिनु दुर्भाग्यपूर्ण भएको थापाले जनाए।

उनले जनताको अभिमत बिना गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता लादिएको भन्दै आलोचना गरे।

प्रकाशित: ७ फागुन २०८० १३:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =