काण्डको फाइल खोलेकोमा कमल थापाले दिए गृहमन्त्रीलाई धन्यवाद

हिमाल प्रेस २४ माघ २०८० ८:२६
34
SHARES
काण्डको फाइल खोलेकोमा कमल थापाले दिए गृहमन्त्रीलाई धन्यवाद

काठमाडौँ- विभिन्न काण्डमा नाम जोडिएका व्यक्तिको फाइल खोलिदिएकोमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिएका छन्।

सामाजिक सन्जालमा थापाले नक्कली भुटानी शरणार्थी, सुन तस्करी, ललितानिवास जग्गा, बाँसबारी जग्गा काण्डमा फाइल खोलिदिएकोमा थापाले गृहमन्त्रीलाई धन्यवाद दिएका हुन्।

उनले भनेका छन्,‘कमसेकम फाईल त खुल्यो। जनताले अपराधी चिने।’ तर उनले फाइल खोलेकै कारण गृहमन्त्रीको पद धरापमा परेको उल्लेख गरेका छन्।

‘राजनीतिक नेतृत्व र परिवारको नाम जोडिएपछि सबै काण्ड तुहियो।प्रकाश निरीह भए। पद धरापमा पर्‍यो।’ थापाले भनेका छन्।

https://twitter.com/KTnepal/status/1755043721052357082

प्रकाशित: २४ माघ २०८० ८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 3 =