लुम्बिनीका मिलान्थाको लगातार दोस्रो अर्धशतक, विराटनगरलाई १५८ रनको लक्ष्य

हिमाल प्रेस १० पुष २०७९ १०:५३
8
SHARES
लुम्बिनीका मिलान्थाको लगातार दोस्रो अर्धशतक, विराटनगरलाई १५८ रनको लक्ष्य

काठमाडौँ- नेपाल टि२० अन्तर्गत आइतबारको पहिलो खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० आभेरमा ६ विकेट गुमाएर १५७ रनको योगफल तयार पारेको हो।

लुम्बिनीका लागि मिलान्थाले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरे। उनले ६३ बलमा नटआउट ८० रन जोडे। जसमा पाँच चौका र चार छक्का सम्मिलित थिए। २८ वर्षका यी श्रीलंकन ब्याट्सम्यानले शनिबार फारवेस्ट युनाइटेडविरुद्ध ६० रन बनाएका थिए।

लुम्बिनीका लागि कुशल भुर्तेलले २६, कप्तान दीपेन्द्र सिंह ऐरीले १६ र विपुल शर्माले ११ रनको योगदान गरे। लिगमा पहिलो खेल खेलिरहेको विराटनगरका लागि नन्दन यादव, हुसेन तलाट, शहबाब आलम, सिकन्दर राजा आन्द्रे म्याककर्थीले एक–एक विकेट लिए।

प्रकाशित: १० पुष २०७९ १०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − four =