थापाथली सुकुम्बासी बस्तीमा तनाव :

काठमाडौँ महानगरका प्रहरी प्रमुखसहित १४ जना घाइते

हिमाल प्रेस १२ मंसिर २०७९ १७:०८
64
SHARES
काठमाडौँ महानगरका प्रहरी प्रमुखसहित १४ जना घाइते

काठमाडौँ- काठमाडौँको थापाथली सुकुम्बासी बस्तीमा प्रहरी र स्थानीयबीच झडप हुँदा काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख एसपी राजु पाण्डे घाइते भएका छन्।सुकुम्बासी बस्ती हटाउने क्रममा पुगेको महानगर प्रहरीमाथि स्थानीयले ढुंगा प्रहार गरेका हुन्।

उनका अनुसार झडप हुँदा पाण्ड‍े सामान्य घाइते भएका छन्। ढुंगा प्रहारबाट एसपी पाण्डेको टाउकोमा चोट लागेको छ। झडपममा दुवै पक्षका गरेर १४ जना घाइते भएको बताइएको छ।

घटनास्थलमा अहिले करिब तीनसय महानगरका प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन गरिएको छ। बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरेको थियो। स्थानीयहरू टायर बालेर विरोध जनाइरहेका छन्। त्यस्तै धारिलो हतियारसहितको प्रदर्शन पनि गरिरहेका छन्।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो।

प्रकाशित: १२ मंसिर २०७९ १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =