सुकुमबासी बस्ती तत्काल नहटाऊ : भूमि आयोग

हिमाल प्रेस १६ मंसिर २०७९ ९:१९
8
SHARES
सुकुमबासी बस्ती तत्काल नहटाऊ : भूमि आयोग

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सुकुमबासी बस्ती हटाउने प्रयास गरेपछि राष्ट्रिय भूमि आयोगले त्यसलाई तत्काल नहटाउन भनेको छ। आयोगले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सुकुमबासीहरू असुरक्षित हुने गरी कुनै पनि काम नगर्न भनेको हो।

‘… लगत संकलन र प्रमाणीकरणको कार्य सम्पन्न नभएसम्मका लागि काठमाडौँ महानगरपालिका सहित सम्पूर्ण स्थानीय तहहरु र सबै सरकारी गैरसरकारी निकायहरूलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीका बस्ती हटाउने र उनीहरू असुरिक्षत हुने गरी कुनै पनि काम नगर्न/नगराउन यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ।

राष्ट्रिय भूमि आयोग र स्थानीय तहहरूबीच कार्य सहमति पत्रमा हस्ताक्षर भई भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्नका लागि लगत संकलन र विगतका आयोग एवं समितिहरूका बाँकी काम सम्पन्न गर्न ३५ दिने सूचना प्रकाशित भएको थियो। तर निर्वाचन आयोगको निर्देशनअनुसार गत भदौ ३१ बाट यो काम स्थगन भएको थियो। आयोगले आचारसंहिता लागू नहुने सूचना जारी गरेपछि भूमि आयोगले आफ्नो काम अघि बढाउने सूचनामा उल्लेख छ। त्यतिञ्जेल सुकुम्बासी बस्ती नहटाउन आयोगले सूचना जारी गरेको हो।

सुकुमबासी बस्ती हटाउन डोजरसहित पुगेको महानगरको टोली र बस्तीका बासिन्दाबीच झडप भएको थियो। झडपका क्रममा महानगर सुरक्षा बल र सुकुमबासी बस्तीका केही मानिस घाइते भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =