झापाको कनकाईमा २० सुकुमबासीलाई दिइयो जग्गा धनीपुर्जा

हिमाल प्रेस २५ मंसिर २०७९ ८:१५
6
SHARES
झापाको कनकाईमा २० सुकुमबासीलाई दिइयो जग्गा धनीपुर्जा

झापा- झापाको कनकाई नगरपालिकाले २० सुकुमबासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ। विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई-८ का सुकुमबासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो।

सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भएकाले जग्गा धनीपुर्जा वितरण गरिएको बताए। कनकाई वडा नं ८ थप ३० वटा र वडा नं ५ को ९० वटा धनीपुर्जा तयार भइसकेको जनाइएको छ। नगरमा रहेका भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बासोबासीलाई धनीपुर्जा वितरण गर्ने कार्यक्रमअन्तर्गत नै जग्गा धनीपुर्जा वितरण गरेको नगरपालिकाले जनाएको छ।

गरपालिकाले तयारी धनीपुर्जा वितरण गर्ने तयारी गरे पनि भूमि आयोग झापाले प्रमाणीकरणको काम बाँकी रहेकाले प्रतिलिपिमात्र उपलब्ध गराएको छ।

नगरपालिकाले गत भदौ २५ गते नै धनीपुर्जा वितरण गर्ने कार्यक्रम तय गरेको थियो। निर्वाचन आचारसंहिताका कारण शनिबारदेखि धनीपुर्जा वितरण थालिएको नगरपालिकाले जनाएको छ।

कनकाईमा भूमिहीन दलितको संख्या ३३७, भूमिहीन सुकुमबासी २ हजार ३ सय २९ र अव्यवस्थित बासोबासीको संख्या ४ हजार ४ सय २५ रहेको छ। उनीहरूको लगत संकलनलगायतका सबै काम सकिएको छ भने १ हजार ५ सय ३१ बिघा जग्गाको ८ हजार ७ सय ७८ कित्ता जग्गाको धनीपुर्जा वितरण गरिने छ।

प्रकाशित: २५ मंसिर २०७९ ८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 14 =