‘उठिबासको त्रास बन्द गर’ [तस्बिरहरू]

दिपेश श्रेष्ठ १९ मंसिर २०७९ १४:०२
28
SHARES
‘उठिबासको त्रास बन्द गर’ [तस्बिरहरू]

काठमाडौँ- संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजले सोमबार संयुक्त विरोध र्‍याली गरेका छन्। विकल्पसहितको बास अधिकार सुनुश्चित हुनुपर्ने माग गर्दै माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म विरोध र्‍याली गरेका हुन्।

‘उठिबास त्रास बन्द गर’, ‘उपयुक्त विकल्पको खोजी गरी व्यवस्थापन गरियोस्’, ‘वार्ता र संवादको ढोका खुला गर’ लगायत लेखिएका प्लेकार्ड बोकेका उनीहरूले नयाँ बानेश्वर पुगेर धर्नासमेत दिएका थिए।

काठमाडौँ महानगरपालिकाले सुकुमबासी वस्ती हटाउने अभियान चलाएको छ। सो अभियानका क्रममा सुकुमबासी र नगर प्रहरीबीच झडपसमेत भएको थियो।

प्रकाशित: १९ मंसिर २०७९ १४:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =