सुनसरी ४ मा आइतबारसम्मका लागि मतगणना रोकियो

हिमाल प्रेस १० मंसिर २०७९ १९:०९
12
SHARES
सुनसरी ४ मा आइतबारसम्मका लागि मतगणना रोकियो

इटहरी– सुनसरी ४ मा आइतबार बिहान ८ बजेसम्मका लागि मतगणना स्थगित भएको छ। प्रतिष्पर्धी दल नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच मतगणना सम्बन्धमा विवाद उत्पन्न भएपछि शनिबार दिउँसो सो क्षेत्रको मतगणना रोकिएको थियो।

सत्तागठबन्धनतर्फका उम्मेदवार रहेका कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले एमाले पक्षले मतगणनामा धाँधली गरेको आरोप लगउँदै तत्काल मतगणना रोकी सर्वदलीय बैठक बसेर प्राप्त निर्णयपछि मात्र मतगणना सुरु गर्न माग राखेका छन्।

एमाले पक्षले ६०६ वटा मतपत्र हिनामिना गर्न खोजेको कांग्रेस पक्षले आरोप लगाएको छ।

मतगणनाका क्रममा विवाद हुँदा कांग्रेस र एमाले कार्यकर्ताबीच शनिबार अपराह्यन हात हालाहालको स्थिति उत्पन्न भएपछि सुरक्षा निकायले बल प्रयोग गरेको थियो।

मतगणनाका विषयमा विवाद साम्य नभएपछि आइतबार बिहानसम्मका लागि गणनाकार्य स्थगित भएकाे बताइएको छ।

यस क्षेत्रमा एमालेका जगदीश कुसियत र कांग्रेसका कार्कीबीच तीव्र प्रतिष्पर्धा देखिएको छ।

हाल यो क्षेत्रमा ६० हजार बढी मतगणना भएको छ। जसमध्ये एमालेका कुसियतले २३ हजार ३ सय ४१ मत प्राप्त गरेका छन् भने कांग्रेसका कार्कले २३ हजार ४ सय ३९ मत पाएका छन्।

जसअनुसार कांग्रेसले ९८ मतले अग्रता गरेको छ। यस क्षेत्रमा जम्मा ८१ हजार २ सय ३३ मत खसेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार साँझ एक सूचना जारी गर्दै मतगणना रोकिएकाे जानकारी गराएको छ।

प्रकाशित: १० मंसिर २०७९ १९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =