जर्मनीले मालीबाट शान्ति सैनिक फिर्ता गर्ने

हिमाल प्रेस ९ मंसिर २०७९ ६:१०
जर्मनीले मालीबाट शान्ति सैनिक फिर्ता गर्ने

काठमाडौँ– जर्मनीले मालीबाट आफ्ना शान्ति सैनिकहरू फिर्ता गर्ने भएको छ।  सन् २०२४ को मे महिनादेखि आफ्ना सेना फिर्ता गर्ने भएको जानकारी गराएको हो। संयुक्त राष्ट्र संघीय प्रवक्ताले बुधबार सो कुराको जानकारी गराएका हुन्।

उनले जर्मनीले आफ्ना सेना फिर्ता गर्न लागेकामा धन्यवाद दिएका छन्।  संयुक्त राष्ट्र संघीय महासचिव एन्टोनियो गुटरेसका उपप्रवक्ता फराह हकले बुधबार जर्मन सरकारले यसअघि मालीमा जारी रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनमा जर्मन सरकारले शान्ति सैनिक सहयोग गरेकोमा पनि धन्यवाद दिएका छन्।

मालीबाट विभिन्न देशले आफ्ना सैनिक फिर्ता गर्ने घोषणा गरिरहेका छन्। जर्मन यसरी आफ्ना सेना फिर्ता गर्ने पछिल्लो देश बनेको पनि उपप्रवक्ता हकले जानकारी दिएका छन्।

मालीमा जारी आन्तरिक युद्धका कारण यहाँका नागरिकको सुरक्षार्थ संयुक्त राष्ट्र संघीय  मिसन, मिनुस्मा जारी रहेको छ। यस मिसनमा विश्वमा विभिन्न देशले आफ्ना सेना सहयोग गरेका छन्।

प्रकाशित: ९ मंसिर २०७९ ६:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 13 =