सैनिक कल्याणकारी कोषको रकम अवकाश प्राप्त सेनाका लागि प्रयोग गरिने

हिमाल प्रेस १५ फागुन २०७९ २१:२१
16
SHARES
सैनिक कल्याणकारी कोषको रकम अवकाश प्राप्त सेनाका लागि प्रयोग गरिने

काठमाडौँ- प्रधान सेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोष पारदर्शी रूपमा सदुपयोग गर्ने दाबी गरेका छन्। बुटवलस्थित मध्यपश्चिम पृतना हेडक्वाटरमा सोमबार आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाली सेनाका सकल दर्जाको रगत र पसिनाबाट आर्जित कोषको रकम पारदर्शी रूपमा सदुपयोग गर्दै दीर्घकालिन प्रभाव पार्ने सेवा सुविधा विस्तार गरिने बताएका हुन्।

अवकाश प्राप्त सैनिकहरूको जीवनलाई थोरै भए पनि सरल, सहज र सुखी बनाउन आफू प्रयत्नशील रहेको उनको भनाइ थियो। सोही क्रममा उनले वीरगति प्राप्त सकलदर्जाका सन्तती र एकल महिलालाई सदैव महत्त्वका साथ हेरिँदै आएको बताए।

‘यसको निरन्तरता स्वरुप देशका विभिन्न ६ स्थानमा एकल महिला स्वरोजगार केन्द्रहरू सञ्चालन भइरहेको एवं वीरगति प्राप्त सकल दर्जाका सन्ततीलाई नेपाली सेनाको भर्नामा प्राथमिकताका लागि प्रयत्नशील छु’ उनले भने।

भूतपूर्व सैनिक सम्मेलनमा गुल्मी, अर्घाखाँची, कपिलवस्तु, पाल्पा, परासी, रुपन्देही र नवलपुरका ३ हजार ९ सय ९८ जना भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरूको सहभागिता थियो।

प्रकाशित: १५ फागुन २०७९ २१:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 4 =