मनाङ प्रदेशसभा ‘क’ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित

हिमाल प्रेस ५ मंसिर २०७९ १९:३७
74
SHARES
मनाङ प्रदेशसभा ‘क’ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित

काठमाडौँ- मनाङको प्रदेश सभा (क) मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। मुनिन्द्रले १ हजार २ सय ५५ मत ल्याएर एमालेका राजन गुरुङलाई पराजित गरेका हुन्। एमालेका गुरुङले ९ सय २५ मत ल्याएका थिए। मुनिन्द्रले ३ सय ३० मत अन्तरले जीत हात पारेका हुन्।

मनाङ प्रदेशसभा ‘क’ मा २ हजार २ सय १० मत खसेको थियो। त्यसमध्ये ६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ। यस्तै, राप्रपाले २३ मत पाएको छ। यसअघि मनाङमा प्रतिनिधिसभा र दुई वटै प्रदेशसभामा कांग्रेसका उम्मेदवारले जितिसकेका छन्।

प्रकाशित: ५ मंसिर २०७९ १९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =