विद्युत् प्राधिकरणको गाडीले ठक्कर दिँदा बाँकेमा एक जनाको मृत्यु

हिमाल प्रेस ३ पुष २०७९ १२:३४ | Sunday, December 18, 2022
विद्युत् प्राधिकरणको गाडीले ठक्कर दिँदा बाँकेमा एक जनाको मृत्यु

 

बाँके- बाँकेको कोहलपुरमा शनिबार राति गाडीले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नम्बरको गाडीले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ की उषा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए।

उनका अनुसार गाडीको ठक्करले गुरुङको घटनास्थलमै मृत्यु भएको थियो। ठक्कर दिएर भागेको गाडीलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको छ। ठक्कर दिने गाडी नेपाल विद्युत् प्राधिकरण कोहलपुरको रहेको प्रहरी नायव उपरीक्षक मल्लले बताए।

प्रकाशित: ३ पुष २०७९ १२:३४ | Sunday, December 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast