हेटौँडामा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुँदै

हिमाल प्रेस ३० भदौ २०८० १६:२४ | Saturday, September 16, 2023
हेटौँडामा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुँदै

मनहरी- हेटौँडामा २ लाख रुपैयाँ राशिको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक नागस्वती भेट्रान्स क्लबले आगामी असोज १६ गतेदेखि दोस्रो राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा कल्बका अध्यक्ष सोमबहादुर तितुङले प्रतियोगितामा देशभरका ४० वर्ष माथि उमेर समूहका खेलाडीको सहभागिता रहने जानकारी दिए। उनका अनुसार प्रतियोगिताका विजेतालाई २ लाख १ हजार रुपैयाँ र उपविजेतालाई १ लाख १ हजार रुपैयाँ नगदसहित पुरस्कार वितरण गरिनेछ।

क्लबका अध्यक्ष तितुङले प्रतियोगितामा देशभरका १८-२० क्लबको सहभागिता रहने बताउँदै खेलका लागि १६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए। ‘स्वास्थ्यका लागि खेल’ नारासहित आयोजना गर्न लागिएको उक्त प्रतियोगिताले पूर्वखेलाडीको मनोबल उच्च राख्न सहयोग पुग्ने तितुङले बताए।

तीन वर्षअघि स्थापना भएको क्लबले पहिलो वर्ष आयोजना गरेको प्रतियोगितामा आयोजक आफैँले उपाधि हासिल गरेको थियो। रासस

प्रकाशित: ३० भदौ २०८० १६:२४ | Saturday, September 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast