साँफे-मार्तडी सडक अवरुद्ध

हिमाल प्रेस २४ भदौ २०८० ११:०१ | Sunday, September 10, 2023
साँफे-मार्तडी सडक अवरुद्ध अवरुद्ध काेल्टी-मार्तडी खण्ड फाइल तस्बिर

बाजुरा- शनिबारदेखिको वर्षाका कारण साँफे-मार्तडी सडक अवरुद्ध भएको छ। अम्कोटमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो। सदरमुकाम मार्तडी जोड्ने सडक गएरातिदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए।

अम्कोटमा पहिरो लगातार बग्न थालेकाले पन्छाउन सम्भव नभएको उनले बताए। लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा अवरोध भएको छ। वर्षा रोकिएपछि पहिरो हटाएर सडक नियमितरूपमा सञ्चालन गर्न पहल गरिने प्रहरी निरीक्षक भण्डारीले बताए।

पहिरोका कारण लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन्।

प्रकाशित: २४ भदौ २०८० ११:०१ | Sunday, September 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast