उपत्यका र उपत्यका आसपासका जिल्ला बाढीको जोखिममा, सतर्क रहन आग्रह

हिमाल प्रेस २७ साउन २०८० ११:५६ | Saturday, August 12, 2023
उपत्यका र उपत्यका आसपासका जिल्ला बाढीको जोखिममा, सतर्क रहन आग्रह

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ, भक्तपुर, ललितपुर र सिन्धुपाल्चोकमा बाढीको उच्च जोखिम रहेको जनाएको छ।
महाशाखाले यी जिल्लामा बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन सम्बन्धित क्षेत्रका बासिन्दालाई सुझाव दिएको छ।

यस्तै, आज इलाम, झापा, संखुवासभा, भोजपुर, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, रौतहट, पर्सा, बारा, चितवनमा पनि बाढीको जोखिम रहेको छ ।

यस्तै, महाशाखाले नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, सल्यान, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेल्धुरामा बाढीको मध्यम जोखिमको सम्भावना रहेको जनाएको छ ।

आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईको र यसका सहायक नदीमा जलसतह सतर्कता तह रहे पनि बहाब उल्लेख्य बढ्ने पूर्वानुमान रहेको छ।

आज बग्मती नदीको जलसतह सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: २७ साउन २०८० ११:५६ | Saturday, August 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast