वीरेन्द्रनगरमा लागुऔषधसहित एक जना पक्राउ

हिमाल प्रेस १८ साउन २०८० ११:३० | Thursday, August 3, 2023
वीरेन्द्रनगरमा लागुऔषधसहित एक जना पक्राउ सांकेतिक तस्बिर।

सुर्खेत– वीरेन्द्रनगरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका- २ बस्ने २४ वर्षका तिर्थ रावत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

कार्यालयबाट खटेको ४ जनाको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला नजिकैबाट उनलाई पक्राउ गरेको हो।

प्रहरीले उनलाई शंकास्पद अवस्थामा देखेको र सोही क्रममा चेकजाचँ गर्दा उनको साथबाट नापतौल नगरेको १८ पुडिया लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको छ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ साउन २०८० ११:३० | Thursday, August 3, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast