लागुऔषधसहित चार पक्राउ

हिमाल प्रेस १९ भदौ २०८३ ५:४७ | Friday, September 4, 2026
लागुऔषधसहित चार पक्राउ

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध हिरोइनजस्तो देखिने १९ ग्राम ५१० मिलीग्राम धुलो पदार्थसहित वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरेन्द्रनगरका दिपेन्द्र बैगार, सहबिर सुना, नरेश सुनार र विशाल गन्दर्भ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए।

उनीहरुलाई बिहीबार साँझ वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेत सुब्बाकुना चेकपोष्टबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बोहोराले बताए।

उनीहरुमाथि थप अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित: १९ भदौ २०८३ ५:४७ | Friday, September 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast