देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ

हिमाल प्रेस ७ भदौ २०८३ १२:५० | Sunday, August 23, 2026
देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ प्रतिनिधिमूलक तस्बिर।
काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, मोरङ, झापा, धनुषा, पर्सा, कञ्चनपुर, नवलपरासी पश्चिम र बाँकेबाट उनीहरूलाई विभिन्न प्रकारका लागुऔषधसहित पक्राउ गरिएको हो ।काठमाडौँ महानगरपालिका–६ कपन तेन्जिङचोकबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब एक ग्रामसहित ३७ वर्षीय विनयकुमार मण्डल, ३८ वर्षीय मनिष शाही र ३८ वर्षीय प्रदीपकुमार राई पक्राउ परेका छन् ।

मोरङको कानेपोखरी गाउँपालिका–७ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ तीन ग्राम २० मिलिग्रामसहित ३१ वर्षीय विवेक राई तथा झापाको बिर्तामोड नगरपालिका–८ सुनौलो बस्तीबाट सोही प्रकृतिको पदार्थ एक सय ३० मिलिग्रामसहित ३० वर्षीय विवेक लिम्बू पक्राउ परेका छन्।

झापा गाउँपालिका–४ चर्तागाछीबाट भने पाँच ग्राम दुई सय १० मिलिग्रामसहित १७ वर्षीय किशोर पक्राउ परेका छन्। बिर्तामोड नगरपालिका–३ पुरानो भद्रपुर रोडबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ एक ग्राम तीन सय ८० मिलिग्रामसहित २३ वर्षीय अर्जुन राजवंशी तथा झापा गाउँपालिका–४ टाघनडुब्बा स्कुलटोलबाट एक ग्राम आठ मिलिग्रामसहित २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डी पक्राउ परेका छन्।

धनुषाको शहीदनगर नगरपालिका–३ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ २२ ग्राम पाँच सय ८० मिलिग्रामसहित १९ वर्षीय राजन यादव र २६ वर्षीय बब्लु पासवान भन्ने रामबालक पासवान पक्राउ परेका छन्। पर्साको पोखरिया नगरपालिका–५ सतबरियाबाट गाँजा जस्तो देखिने पदार्थ करिब पाँच सय ग्रामसहित ६५ वर्षीय रामदयाल महरा तथा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट खैरो हेरोइन जस्तो देखिने पदार्थ एक ग्राम आठ सय ४० मिलिग्रामसहित २४ वर्षीय जनक खड्का पक्राउ परेका छन्।

नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–५ चमनटोलाबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने स्पास्मो एक सय ट्याब्लेट, डाइजेपाम २१ एम्पुल, फेनारगन २२ एम्पुल र बुप्रेनोर्फिन २२ एम्पुलसहित २८ वर्षीय सुनिल विक र ३१ वर्षीय दिपेश विक पक्राउ परेका छन्। बाँकेको डुडुवा गाउँपालिका–२ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ नौ सय मिलिग्रामसहित २४ वर्षीय ओसिस खाँ पक्राउ परेका छन्।

प्रकाशित: ७ भदौ २०८३ १२:५० | Sunday, August 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast