काठमाडौँ- लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ तथा चिकित्सकको सिफारिसबिना खरिद गर्न नमिल्न लागुऔषधसहित विभिन्न स्थानबाट १६ व्यक्तिलाई पक्राउ गरिएको छ।
नाम पत्ता लगाउन बाँकी रहेका १८ वर्षीय किशोरलाई रोल्पा, माडी गाउँपालिका-२ घर्तीगाउँ बाट ४० मिलिग्राम, कैलाली, धनगढी उपमहानगरपालिका-२ विशालनगरबाट ९४ मिलिग्रामसहित दुई जना क्रमशः योगेश पाल र सुवास हमाल, कैलाली, टीकापुर नगरपालिका-१ खडकचोकबाट ६७० मिलिग्रामसहित मिन रावल, पाँचथर, फिदिम नगरपालिका-१ बरडाँडाबाट ४० मिलिग्रामसहित निराजन खतिवडालाई लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो।
त्यसैगरी, कञ्चनपुर, बेलौरी नगरपालिका-१ खल्ला पिपल चौताराबाट ५५० मिलिग्रामसहित निशान्त तामाङ, बाँके, बैजनाथ गाउँपालिका-१ बाट ७३० मिलिग्राम र नगद रु ३६ हजार ९६५ सहित नाम खुल्न नसकेको १८ वर्षीय किशोर मंगलबार पक्राउ परेका हुन्।
त्यस्तै चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न मिल्ने स्पास्मो २४० ट्याब्लेट, ट्रामाडोल ९० ट्याब्लेट र स्पास्मो १५० ट्याब्लेट सहित बीर्खबहादुर नेपाली र कृष्ण लुहारलाई क्रमशः धनगढी उपमहानगरपालिक-३, सुर्खेत सिम्ता गाउँपालिक-६ रामकोट, मोरङ, बेलबारी नगरपलिका-१ सिसौलीबाट ट्रामाडोल ४९ ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेटसहित विकास रौनियारलाई मंगलबार पक्राउ गरिएको हो।
प्रहरीले चितवन, रत्ननगर नगरपालिका-७ लौखानीबाट अवैध लागुऔषध ५०० ग्राम गाँजा र नगद रु एक लाख २९ हजार ५२५ सहित दीपक महतो र उनका छोरा राहुल महतोलाई मंगलबार पक्राउ गरिएको जानकारी दिएको छ।


