पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरुद्ध

हिमाल प्रेस १४ साउन २०८० १२:३९ | Sunday, July 30, 2023
पहिरो खसेर सिद्धार्थ राजमार्ग अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड। फाइल तस्बिर।

पाल्पा– तिनाउ गाउँपालिका-३ स्थित ड्यामसाइड क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाले गएरातिदेखि खसेको पहिरो पन्छाउने प्रयास भइरहेको जनाएको छ।

सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन्। माथिबाट ठूलो ढुंगासहित अझै पहिरो खस्ने खतरा रहेको प्रहरीले जनाएको छ।

बेला-बेलामा पाल्पा-बुटवल सडकको सिद्धबाबा क्षेत्रमा पहिरो खसेर समस्या भइरहेको छ। सडकमाथिबाट चट्टानसहितको पहिरो खसेर वर्षायाम मात्र नभई अन्य समय पनि यात्रा गर्ने यात्रु तथा सवारीसाधनले सास्ती भोग्नुपरिरहेको छ।

प्रकाशित: १४ साउन २०८० १२:३९ | Sunday, July 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast