कतिपय ठूला देशले द्वन्द्व सिर्जना गरिररहेका छन् : ओली

हिमाल प्रेस ११ साउन २०८० २१:०६ | Thursday, July 27, 2023
कतिपय ठूला देशले द्वन्द्व सिर्जना गरिररहेका छन् : ओली

काठमाडौँ-  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व विश्व शान्तिका लागि समस्या भएको बताएका छन्। लतिलपुर च्यासलस्थित पार्टी मुख्यालयमा आज (बिहीबार) वर्ल्ड पिस काउन्सिलका दक्षिण एसियाका प्रतिनिधिसँगको अन्तर्कियामा उनले केही देशमा भइरहेको द्वन्द्व विश्व शान्तिका लागि चुनौतीका रूपमा रहेको बताएका हुन्।

‘कतिपय ठूला देशले अन्य मुलुकमा द्वन्द्व र तनाव सिर्जना थप्ने काम गरेका छन्,’ उनले भने, ‘जसले गर्दा विश्व शान्ति स्थापना गर्न चुनौती भएको छ।’

उनले आफूहरूले शान्ति स्थापना गर्न लागिपरेको बताउँदै नेपाल द्वन्द्व र हिंसाको पक्षधर नबन्ने बताए। अध्यक्ष ओलीले अहिले गरिबी र भोकमरीले मानिसले शान्तिको अनुभूति गर्न नसकेको भन्दै मानिसलाई गरिबी र भोकमरीबाट मुक्त गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: ११ साउन २०८० २१:०६ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast