ओली र चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिबीच भेटवार्ता

हिमाल प्रेस ९ साउन २०८० १०:५० | Tuesday, July 25, 2023
ओली र चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य कम्युनिस्ट पार्टीका केन्द्रीय राजनीतिक ब्युरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनबीच आज भेटवार्ता भएको छ।

पार्टी कार्यालय च्यासलमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र नेपाललाई चीनले दिने सहयोगका बारेमा कुराकानी भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

तीन दिने नेपाल भ्रमणमा गत आइतबार नेपाल आएको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेको छ।

यस्तै इटालीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भर्चुअल कुराकानी गरेको छ। चुन नेतृत्वको टोली आज स्वदेश फर्किने छ।

प्रकाशित: ९ साउन २०८० १०:५० | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast