ललिता निवास प्रकरण : काठमाडौँ महानगरका अधिकृतसहित थप तीनजना पक्राउ

हिमाल प्रेस १७ असार २०८० १९:००
52
SHARES
ललिता निवास प्रकरण : काठमाडौँ महानगरका अधिकृतसहित थप तीनजना पक्राउ

काठमाडौँ- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने प्रकरणमा मुछिएका थप तीन जना पक्राउ परेका छन्।

कीर्ते गरेर सरकारी जग्गा व्यक्तिको बनाएको अभियोग लागेका बाबुराजा महर्जन, घमनकुमार कार्की र शिवजी भट्टराईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले पक्राउ गरेको हो।

पक्राउ परेकामध्ये भट्टराई काठमाडौँ महानगरपालिकामा कार्यरत अधिकृत हुन्। तत्कालीन समय (२०६७)मा उनी काठमाडौँ महानगरपालिका-४ को वडा सचिव थिए।

त्यस्तै पक्राउ परेका अर्का व्यक्ति महर्जन नक्कली मोही हुन् भने कार्की २०६७ मा मालपोत कार्यालयका कर्मचारी थिए।

सीआईबीले यसअघि चार जनालाई पक्राउ गरेर अनुसन्धान जारी राखेको जनाएको छ। गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम, सुधिर शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरू अहिले पनि हिरासतमै छन्।

ललिता निवास प्रकरणमा दोषी ठहर भएका उच्च तहका नेता, सरकारी कर्मचारी, व्यापारीलगायत गरी १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा दायर भएको मुद्दा विचाराधिन छ। ललिता निवासको १३६ रोपनी जग्गा हिनामिना भएको छ।

प्रकाशित: १७ असार २०८० १९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast