पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार पक्राउ

हिमाल प्रेस १५ असार २०८० १७:५६ | Friday, June 30, 2023
पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियार पक्राउ

काठमाडौँ- पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेको अनुरोधमा काठमाडौँ प्रहरीले उनलाई शुक्रबार वानेश्वरबाट पक्राउ गरेको हो।

उनीविरुद्ध बाँके प्रहरीमा ठगी उजुरी परेको थियो। ‘उहाँविरुद्ध यहाँ ठगी उजुरी परेको थियो। सोही उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो,’ बाँके प्रहरी प्रमुख सन्तोष सिंह राठौँरले हिमालप्रेससँग भने, ‘उहाँ काठमाडौँ नै बस्ने गरेको सूचना पाएपछि काठमाडौँ प्रहरीलाई यसबारे जानकारी गराएका थियौँ।’ राठौरले पनि काठमाडौँ प्रहरीले रौनियारलाई पक्राउ गरेको जानकारी आएको बताए।

रौनियारको पप्पु कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिने तर समयमै काम नसकेर अलपत्र छोड्दै आएको धेरै संरचनाहरू छन्। बर्दियाकै जब्दीघाटको पुल निर्माण गर्दा गुणस्तरहीन सामग्री प्रयोग गरेको, संरचनाहरू अलपत्र छोडेको आरोपमा २०७५ सालमा विशेष अदालतमा पनि उनीविरुद्ध मुद्दा दायर भएको थियो।

उनलाई थप कारबाहीको लागि काठमाडौँ प्रहरीले बाँके नै पठाउने तयारी गरेको छ। रौनियार पर्सा-३ बाट तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित सांसद पनि हुन्।

प्रकाशित: १५ असार २०८० १७:५६ | Friday, June 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast