आज राति हावाहुरीसहित भारी वर्षाको सम्भावना

हिमाल प्रेस १४ असार २०८० २१:४४ | Thursday, June 29, 2023
आज राति हावाहुरीसहित भारी वर्षाको सम्भावना प्रतीकात्मक तस्बिर।

काठमाडौँ- मनसुनी वायुको प्रभावले देशभर बदली रहनुका साथै केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौँ उपत्यकमा आज राति र भोलि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज (बिहीबार) राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ। हावाहुरीसहित वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुनसक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित: १४ असार २०८० २१:४४ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast