ललिता निवास जग्गा प्रकरण : डिल्लीबजार मालपोतका तत्कालीन प्रमुखसहित ४ जना पक्राउ

हिमाल प्रेस १२ असार २०८० १२:४९ | Tuesday, June 27, 2023
ललिता निवास जग्गा प्रकरण : डिल्लीबजार मालपोतका तत्कालीन प्रमुखसहित ४ जना पक्राउ

काठमाडौँ- बालुवाटारको ललिता निवासको सरकारी जग्गा निजीकरण गर्ने प्रकरणका थप चार आरोपित पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले तत्कालीन अवस्थामा मालपोत र भूमि सुधार तथा व्यवस्था विभागमा कार्यरत रहेका कर्मचारीलाई पक्राउ गरेको हो।

मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली र भुपेन्द्रमणि केसी पक्राउ परेका हुन्।

आजै केहीबेरअघि प्रहरीले ललिता निवासको जग्गा किनेर गोदाम बनाएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पनि पक्राउ गरेको थियो।

पक्राउ परेका कर्मचारीको सहयोगमा किर्ते कागजात तयार भएको र सोहीआधारमा ललिता निवासको जग्गा व्यक्तिको नाममा बनाइएको आरोप छ।

ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

 

प्रकाशित: १२ असार २०८० १२:४९ | Tuesday, June 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast