कर्णाली प्रदेश अस्पतालको स्तराेन्नति गरिँदै, ५ सय शैय्यासहित हेलिप्याड बनाइने

हिमाल प्रेस ३१ जेठ २०८० २०:०९
2
SHARE
कर्णाली प्रदेश अस्पतालको स्तराेन्नति गरिँदै, ५ सय शैय्यासहित हेलिप्याड बनाइने

सुर्खेत- कर्णाली प्रदेश अस्पताल स्तराेन्नति गरिने भएको छ। प्रदेश अस्पतालमा हाल ३ सय बेडसहितको सुविधा रहेकोमा भवनमा ५ सय शैय्या पुर्‍याइने भएकाे हो। साथै हेलिप्याड पनि बनाउने गरी निर्माण सम्झौता गरिएको छ।

प्रदेश अस्पतालका निर्देशक प्राध्यापक डा. डम्बर खड्का र गौराश्याम सुन्दर जेभी काठमाडौँबीच अस्पतालको तला थपका लागि बुधबार सम्झौता गरिएको हाे। १ अर्ब २ करोड ४२ लाख ७२ हजार रुपैयाँ लागतमा अस्पतालमा एक तला थप गरिँदैछ।

अस्पतालले बिरामीको चाप ह्वात्तै बढेपछि शिक्षण अस्पतालसहितको सुविधा रहनेगरी तला थप गर्न लागेको अस्पतालका निर्देशक प्रा. डा. खड्काले बताए। ‘मेडिकल कलेज सञ्चालन लागि अहिले नै मापदण्ड पूरा गरिसकेका छौं,’ खड्काले भने, ‘तला थप भएपछि भीआईपी उपचार कक्ष, डिलक्स, क्याविन कक्षलगायत सुविधाहरू एड हुनेछन्।’

अत्यावश्यक उपचार कक्ष एउटै भवनमा रहने र त्यसैको माथि हेलिप्याड निर्माण गरिने निर्देशक खड्काले जानकारी दिए। उनले अप्रेसन कक्ष, ल्याब, एक्सरे, एमआरआई भवन छुट्टै राखिने बताए। हाल प्रदेश अस्पतालमा दैनिक ३ सय जना उपचारका बेड उपलब्ध छन्।

शिक्षण अस्पताल भएमा विद्यार्थीहरूलाई अध्ययन गराउने कोठा र बस्नेसहितको सुविधा पनि नयाँ भवनमा थप हुनेछ।

निर्माण व्यवसायीले हाल सेवा प्रवाह गरिरहेको भवन ३ वर्षमा सक्ने सम्झौता थियाे। तर २ वर्ष ५ महिनामा निर्माण सम्पन्न गरेको हो। सोही निर्माण व्यवसायीले कामको जिम्मेवारी पाएकाले बिरामीहरूलाई कुनै असर नगर्नेगरी निर्माण थाल्ने प्रतिबद्धता गरेकाे छ।

२०८२ मंसिरसम्म तला थप गर्ने अवधि रहे पनि लक्ष्य अगावै काम सक्न आफू प्रतिबद्ध रहेको ठेकेदार कम्पनीले बताएको छ। निर्माण व्यवसायीले अस्पतालको तला थप गर्न अस्पताल परिसरमा क्याप स्थापनाको काम सुरु गरेकाले केही दिनमा अन्य भौतिक कामहरू शुभारम्भ गर्ने जानकारी दिएको छ।

प्रकाशित: ३१ जेठ २०८० २०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast