शारीरिक फिट्नेस महासंघको अध्यक्षमा श्रेष्ठ

हिमाल प्रेस ३१ जेठ २०८० १७:०८
4
SHARES
शारीरिक फिट्नेस महासंघको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ- शारीरिक सुगठन तथा फिट्नेस महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका छन्। जेठ २८ गते बसेको पहिलो साधारण सभाबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित भएको महासंघले जनाएको छ।

नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले महासंघको विधानअनुसार राजेश उपाध्यायको उपाध्यक्षतामा  ७ जना सदस्य मनोनयन गरिएको छ। मनोनीत हुनेहरूमा ज्ञानेन्द्र नकर्मी, नविन आले मगर, प्रज्वल राई, निर्मला महर्जन, रेणुका श्रेष्ठ, रचना श्रेष्ठ, देविका राई रहेका छन्।

महासंघको वरिष्ठ उपाध्यक्षमा विजयलाल कायस्थ, उपाध्यक्षमा सुजन लामा, रोशन महर्जन, महासचिवमा अजय बज्राचार्य निर्वाचित भएका छन्। त्यसैगरी सचिवमा दिनेशकुमार राजभण्डारी र कोषाध्यक्षमा बलराम सुवेदी निर्वाचित भएका छन्।

महासंघको सदस्यहरूमा दिनेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, बाबुकाजी मानन्धर, नरेशकुमार मल्ल, अमृत रोकाया क्षेत्री, राजेश रत्न बज्राचार्य, दुर्गा बहादुर श्रेष्ठ, ननिता महर्जन विनिता राई चयन भएका छन्।

यसैगरी वाग्मतीको संयोजकमा राजनकुमार श्रेष्ठ, लुम्बिनीको संयोजकमा सितुप्रसाद श्रेष्ठ, गण्डकीको संयोजकमा ओकील (शंकर) मान तुलाधर उदास र कर्णालीको संयोजकमा रमेशकुमार केसी चुनिएका छन्। हालसम्म महासंघको ४ प्रदेश संघ र ३० जिल्ला संघ भइसकेको र कार्यसमितिको पदावधि ४ वर्षको रहने महासंघले जनाइएको छ।

प्रकाशित: ३१ जेठ २०८० १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast